दिल्लीमा कोरोनाले हाहाकार, न्यायाधीशहरू पाँच तारे होटलमा

भारतमा दिनको तीन लाखभन्दा बढी कोरोनाभाइरसका केस अनि दुई हजारभन्दा बढी मृत्यु भइरहँदा राजधानी दिल्ली सबभन्दा बढी संक्रमित शहर बनेको छ ।  दिल्लीमा कोभिडको स्थिति भयावह हुनाले लाश जलाउने ठाउँ नपाएर नगरपालिकाका अधिकारीहरू कार पार्किङ गर्ने ठाउँमा शवदहन गरिरहेका छन् ।  यसैबीच दिल्लीको अशोका होटललाई कोभिड केयर सेन्टर बनाइएको छ । त्यहाँ दिल्ली उच्च अदालतका न्यायाधीश र तिनाका परिवारलाई राखिएको छ ।  शहरमा मानिसले शय्या र स्वास्थ्य सामग्री नपाइरहेको बेलामा न्यायाधीशहरूलाई भीभीआईपी सेवासुविधा दिएको भन्द...