ओलीको टिप्पणी– विदेशी हस्तक्षेपको खुलेआम आमन्त्रण गर्ने दुई पूर्वप्रधानमन्त्रीले देशभक्त हुँ भनेर हिँडिरहेका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गरेको आराेप लगाएका छन् । प्रचण्ड र भट्टराईको नामै नलिइ ओलीले मौसम अनुसारको कुरा गर्ने गरेको आरोप लगाए ।  ‘मौसम अनुसारको कुरा र चर्चा मान्छेहरुले गर्ने गर्छन, अस्ति एकजना पूर्वप्रधानमन्त्रीले विदेशी संवाद कार्यक्रममा भाग लिएको देखेँ । तपाईहरु माइक्रो म्यानेजमेन्टमा हात नहाल्नुस् उहाँको भनाइ थियो । तैपनि देशभक्त हु भनेर हिँडिरहेको देख्छु । पोलिसी मेन्टेनमा हात हाल्नुस् भनेर पूर्...