सरकारले आगामी वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चालन गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण अभियान’ सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। विद्यालय बाहिर रहेका सबै बालबालिकाहरूलाई विद्यालयमा सहज पहुँचको सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्ने…