विराटनगर : मोरङको विराटनगरको एउटा अस्पतालका सञ्चालकले चिकित्सक तथा कर्मचारीलाई दिन बाँकी करोडौं पारिश्रमिक भुक्तानी नगरी अस्पताल बन्द गरेका छन्। विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिले डाक्टर र कर्मचारीलाई दुई करोड रूपैयाँभन्दा बढी दिनुपर्ने पारिश्रमिक नै नदिइ अस्पताल बन्द गरेको हो।उक्त अस्पतालमा ४ जना डाक्टरसहित १२ जनाको लगानी रहेको छ। आर्थिक संकट परेपछि एक साताअघि अस्पताल बन्द भएको हो। अस्पतालमा कार्यरत ५ जना विशेषज्ञ डाक्टरसहित २४ जनाभन