मतपेटिका ढुवानीका लागि सवारीसाधन तयार छ : गृहसचिव

४ मंसिर, काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताए । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सञ्चालन गराउन पहल गरिरहेको र कतिपय […]

सम्बन्धित सामग्री

रिगल छुटाउन देउवा, पूर्णबहादुर र गृहसचिवको मिलेमतो

कांग्रेस सभापति देउवा र उपप्रधानमन्त्री खड्काको चाहना अनुसार काम गरेका गृहसचिव भट्टराईले रिगलको फाइललाई अघि बढाएका हुन् । कैद मिनाहाका लागि मन्त्रिपरिषदमा लैजाने सूची तयार हुने बेलासम्म उनले पटकपटक रिगलको फाइल भए–नभएकोबारे सोधीखोजी गरिरहेका थिए ।

तीन वर्षअघि नै किन अनुसन्धान भएन शरणार्थी प्रकरणमा ?

गृह मन्त्रालयको अनुसन्धान टोलीले तयार गरेर बुझाएको प्रतिवेदन नै कीर्ते गरेर नकली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलेको प्रकरणले नेपालको अन्तर्राष्ट्रिय बेइज्जती भैरहेको छ । विश्वका विभिन्न संचार माध्यमहरुले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा पूर्व गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सल्लाहकार लगायत भिआईपीहरु संलग्नतामा पक्राउ परेपछि यो विषयले नेपालको राजनीतिमा नयाँ तरंग पनि ल्याएको छ । …

निर्मला पन्तलाई न्यायका लागि पहल गर्छु : गृहमन्त्री लामिछाने

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।

बाँध फुटेर बस्तीमा पस्यो सप्तकोशीको पानी

सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा कटान थालेको छ । नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो । बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो।  पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसंग छलफल गरिएको हो ।गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका छन् । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिएका छन्। कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

वीरगञ्जमा मानवीय सहायतास्थल तयार

काठमाडौं । आपत्कालीन तयारी क्षमता वृद्धिका लागि वीरगञ्जमा नयाँ मानवीय सहायतास्थल तयार गरिएको छ । २ हजार ३२ वर्ग मेट्रिक टन भण्डारण क्षमता भएको उक्त मानवीय सहायतास्थल बेलायतको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले गृह मन्त्रालय र नेपाल इन्टर मोडल यातायात विकास बोर्डको सहकार्यमा निर्माण गरेको हो । सो स्थलको शुक्रवारदेखि शुभारम्भ गरिएको छ । कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, वीरगञ्जस्थित डब्लूएफपीका नेपाल प्रतिनिधि रोबर्ट कास्का र बेलायती राजदूतावासका प्रतिनिधिको सहभागिता रहेको डब्लूएफपीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा गृहसचिव पाण्डेले मानवीय सहायतास्थलबाट मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्जसहित प्रदेश नं २ को आपत्कालीन पूर्वतयारीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस मानवीय सहायतास्थलले स्थलमार्गबाट आउने आपत्कालीन सामग्रीको प्राप्ति, भण्डारण र देशको अन्य विपद् प्रभावित क्षेत्रमा ढुवानीमा समेत उल्लेखनीय योगदान पुग्नेछ । डब्लूएफपीका देशीय प्रतिनिधि कास्काले धनजनको सुरक्षाका लागि विपद्भन्दा अगाडि आकस्मिक तयारीमा लगानी गर्नु एउटा प्रभावकारी तरिका भएको बताए । अन्य प्रदेशमा यस्ता मानवीय सहायतास्थल छन् । डब्लूएफपीले सन् २०१३ देखि नेपालमा आपत्कालीन तयारी र क्षमता वृद्धिमा सहयोग पु¥याइरहेको छ । सन् २०१५ को विनाशकारी भूकम्पको एक महिना अगाडि बेलायतको आर्थिक सहयोगमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा मानवीय सहायतास्थल स्थापना गरिएको थियो । यसले भूकम्पपछिको विपद्को उद्धार कार्यमा ठूलो सहयोगसमेत पु¥याएको थियो । रासस