राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुराको जानकारी दिएका हुन्। उनले भने,‘संविधान संशोधन तत्काल हुनुपर्छ, अहिलेको जनमत पनि त्यहीँ हो, जबसम्म संशोधन हुँदैन तबसम्म हामी सरकारमा जाने सवाल छैन।’ नेता लालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको…