ओखलढुंगामा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा फेला परेको पाइप बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । आइतबार खिजिदेम्बा गाउँपालिका–८ स्थित घुन्सा खोलाको ओडारमा फेला परेको दुई थान पाईप बम अरिदमण गुल्मका सेनाको टोलीले निष्क्रय पारेको हो । जंगलमा बालबालिकाहरु घाँस काट्न जाँदा फेला परेको बमलाई जिल्लाबाट गएको नेपाली टोलीले बेलुका निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए ।