काठमाडौं । सामसङले नयाँ वर्ष २०८० को अवसरमा विभिन्न इलेक्ट्रोनिक उत्पादनमा अफर घोषणा गरेको छ । २०८० जेठ २ गतेसम्म लागू हुने अफरमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको जानकारी दिइएको छ । फ्ल्यागशिप क्युएलइडी टिभीमा आकर्षक क्यासब्याक दिइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्जमा २५ प्रतिशतसम्मको छूट दिइएको छ ।
३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरमा २५ प्रतिशत दिइने कम्पनीको भनाइ छ । त्यस्तै फ्रन्ट लोड वासिङ मेशिनमा २५ प्रतिशतसम्म छूट प्राप्त सकिने बताइएको छ ।