प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी दिएका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ चैत्र २० गते शुक्रवार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’...