बैतडी : नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल क्रिकेटर दीपक बोहरालाई गृहजिल्लामा सम्मान गरिएको छ। हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौट भएको थियो।उक्त नेपाली टोलीका सदस्य बोहरा पनि रहेका थिए। छनौट प्रतियोगितामा सहभागी भएर पहिलोपटक गृहजिल्ला बैतडी पुगेका दीपकलाई सम्मान गरिएको हो। बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले