प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन कर्मचारीबाटै किर्ते काम

रौतहटको ईशनाथ नगरपालिकामा कार्यरत नायब सुब्बाले किर्ते दस्तावेज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको सो नगरपालिकाका मेयर सन्तोष मेहताले बताएका छन् ।ईशनाथ नगरपालिकाको शिक्षा संयोजक नायब सुब्बा नन्द किशोर गुप्ताले प्रमुख प्रशासकीय अधिकृत बन्न उपप्रमुख हुसने आरा र वडा अध्यक्ष इद मोहम्मदको नक्कली हस्ताक्षरसहित कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा पेस गरेपछि गुप्तालाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको मेहत