एमालेको माधव-खनाल समूहले राष्ट्रिय भेला गर्ने : 'समानान्तर कमिटी होइन पूर्व एमाले पुनर्जीवित'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको एमालेका स्थायी कमिटी सदस्य भीम रावलले जनकारी…

सम्बन्धित सामग्री

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा छ मन्त्री सहित सात जनालाई कारबाही

पार्टी विरोधी काम गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका छ मन्त्रीसहित सात जनालाई साधारण सदस्यसमेत नरहने कार्वाही गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापाले माओवादी नेतृत्वमा सरकारमा मन्त्रीण्डल विस्तार गरेको ,२४ घण्टे स्पष्टिकरणको जवाफ नदिएको, समानान्तर कमिटी बनाउनुका साथै राष्ट्रिय भेला गर्ने लगायतका पार्टी विपरित कार्य गरेकाले कार्वाही गरिएको बताउनुभयो । सोमबारको बैठकले कार्वाहीको निर्णयगरी केन्द्रमा जानकारीका लागि पठाइएको समेत अध्यक्ष थापाले जनाउनुभयो ।

फुटको संघारमा एमाले !

सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुने क्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सँघारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने निर्णयसमेत गरेको छ । सो भेलाले पार्टी फुटलाई मान्यता दिन सक्ने भन्दै रोक्नुपर्ने कार्यकर्ताको आग्रह छ । यसअघि शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू...

नेपाल-खनाल समूहले बोलायो राष्ट्रिय भेला, ओलीसँगको एकता टुटेको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीसँगको एकता टुटेको समाप्त भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा भएको नेता नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले ओलीले पार्टीमा एकलौटी गरेको भन्दै राष्ट्रिय भेला गरेर निष्कर्ष निकाल्ने जनाएको छ । बैठकमा सहभागी नेता वेदुराम भुसालका अनुसार पार्टी अध्यक्ष केपी ओली एकलौटी ढंगले अघि बढेको र एमालेमा फुट ल्याएको निष्कर्षसहित त्यसको प्रतिकार गर्ने निष्कर्ष निकालिएको छ । नेता भुसालले चैत ४ गते विशेष राष्ट्रिय भेला बोलाउने र त्यसले नेतृत्व चयनलगायत समानान्तर कमिटि बनाएर जाने निर्णय भएको जानकारी दिनुभयो । शुक्रबार पार्टी अध्यक्ष केपी ओली समूहले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बसेर पूर्वमाओवादी पृष्ठमूमिका २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै नेताहरुको जिम्मेवारीमा ब्यापक हेरफेर तथा आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टीमा ओलीको स्पष्ट बहुमत छ । ओली समूहले गरेको निर्णयले पार्टी एकता भंग गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो । ‘ओलीले सत्ताको दुरुपयोग त गर्नुभएकै छ । सत्ताको दुरुपयोग गर्ने अवसरलाई प्रयोग गरेर मैले जे गर्छु त्यो गराएरै छोड्छु भन्ने त्यस्तो दुर्विचार बोकेर हिँड्नुभएको छ’ गौतमले सञ्चारकर्मीसँग भन्नुभयो, ‘केपी ‌ओलीसँगको एकता त समाप्तै भयो । अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं ।’ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपा अदालतको आदेशसँगै खारेज भएर एमाले तथा माओवादी ब्युँतिएका छन् । नेकपाभित्रको चरम शक्ति संघर्षमा ओलीविरुद्ध नेपाल–खनालले प्रचण्डलाई साथ दिएका थिए । पूर्वपार्टी ब्युँतिएपछि प्रचण्डलाई छोडेर एमालेमै फर्किने निष्कर्ष निकालेको नेपाल समूह ओलीले एकलौटी निर्णय गरेपछि समानान्तर कमिटी बनाउने निर्णयमा पुगेको हो ।