अर्घाखाँचीमा १४ घरका ५७ जना विस्थापित

पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा १४ घरका ५७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । घर वरपर जमिन चर्किने, घर माथिबाट लेदो बग्ने कारणले ती घर परिवारलाई प्रहरीले स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको छ ।