दैलेख : भगवतिमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले आफ्नै नामबाट नागरिकता पाएका छन्। पञ्चायत कालमा नागरिकतामा ‘कुकुर’ कामी नाम उल्लेख गरिएका उनलाई जिल्ला प्रशासन कार्यालय दैलेखले आज कविराम कामीको नामबाट नागरिकता जारी गरेको हो।गृह मन्त्रालयले नागरिकतामा अपमानजनक नाम भएका व्यक्तिको नाम सच्याउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई केहि दिन अघि निर्देशन गरेसँगै यहाँको भगवतिमाई–३ का कविराम कामी र सोही गाउँपालिकाका ठगे कामीलाई सम्मान जनक नामबाट आज नागरिकता जारी गरिएको प्रमु