दाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पनि हराउन नसक्ने दाबी गरेका छन्। बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।उनले एमालेलाई एक्लै कसैले पनि हराउन नसक्ने भन्दै गठबन्धनबिना चुनावमा आउने कसैको आँट नभएको र एक्लै आएमा जमानत जफत हुनेसमेत दाबी गरे।उनले एमालेसँग चुनाव लड्न एक्लै भन्दा पनि मिलेर आउन आग्रह गरे। ‘एमालेसँगै एक्लै चुनावमा लड्ने कसैसँग दम छैन' ,उनले भने, ‘म पुरानो पार्टी नेपाली कांग्रेसलाई सोध्न चाह