एक अमेरिकी महिलाले आफ्नो कुकुरले अन्तर्राष्ट्रिय उडानको केही घण्टा अगाडि पासपोर्ट च्यातिदिएको रमाइलो तर नाटकीय घटना इन्स्टाग्राममा साझा गरेपछि धेरैको ध्यान खिचेकी छिन्। करिना नाम गरेकी ती महिलाले करिना वल्र्डवाइड नामक इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा आफ्नो क्षतिग्रस्त पासपोर्ट देखाउँदै घटना सुनाएकी हुन् । करिनाले भनेकी छिन्, “हिजो मेरो कुकुरले मेरो जीवन बिगार्ने प्रयास गर्यो। मेरा […]
एजेन्सी - भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा
डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम स्थगित गर्ने घोषणापछि आवश्यक उपायहरू कार्यान्वयन गर्न डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग नजिकबाट समन्वय भइरहेको विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ताले खसोखास सँग प्रतिक्रियामा भने, “यस हप्ताका भयानक घटनाहरूले डाइभर्सिटी भिसा कार्यक्रमले अमेरिकी सुरक्षा र सुरक्षामा पार्ने खतरालाई प्रदर्शन गरेका छन्।” उनका अनुसार, उक्त चुनौतीलाई समाधान गर्न राष्ट्रपति ट्रम्प लामो समयदेखि प्रयासरत रहेकाले […]
विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले २१ फागुनमा निर्वाचन हुनैपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका ४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज (शुक्रबार) भएको भेटघाटमा उनले यस्तो बताएका हुन्। नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख […]
चीनका एक फुड डेलिभरी कामदारले कडा कार्यतालिका र सामान्य जीवनशैली अपनाएर ५ वर्षमा १२ मिलियन युआन (करिब १ लाख ६० हजार अमेरिकी डलर) बचत गरेको खुलासा गरेपछि सामाजिक सञ्जालमा व्यापक बटुलेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार २५ वर्षीय झाङ सुएछ्याङले सन् २०२० मा आफ्नो जन्मथलोमा व्यवसाय असफल भएपछि सांघाइ सरेर एक खाना डेलिभरी […]
काठमाडौँ। नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१औँ दीक्षान्त समारोह हुने भएको छ। विश्वविद्यालयद्वारा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही १० पुसमा दशरथ रंगशालामा हुने समारोहमा नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका हुन्। उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका […]