इङ्ग्ल्यान्ड र डेनमार्क महिला विश्वकपकाे अन्तिम १६ मा

काठमाण्डाै – इङ्ग्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेका छन् । आज मङ्गलवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा चीनलाई ६–१ काे फराकिलाे अन्तरले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगेकाे हाे । इङ्ग्ल्यान्डकी लरेन जेम्सले २ तथा एलिसिया रुसाे, लरेन हेम्प, चाेई केली र रचेल डेलीले १ गाेल गरिन् चीनका लागि वाङ शुवाङले सान्त्वना गाेल गरिन् । इङ्ग्ल्यान्ड ९ अङ्कका साथ समूह 'डी' को शीर्ष स्थानमा रहन सफल भयो । चीन ३ अङ्कसहित तेस्राे स्थानमा रहँदै प्रतियाेगिताबाट बाहिरियाे...