पीई रेसियो के हो ?

शेयरबजारमा प्रत्येक व्यक्ति कमाउने उद्देश्यले प्रवेश गरेको हुन्छ । परन्तु सधैं सबैलाई कमाउने अवसर मिल्दैन । कम्पनीहरूको आर्थिक अवस्था, कार्यसञ्चालनको तरिका, व्यवस्थापकीय क्षमता आदि राम्रोसँग विश्लेषण नगरी लगानी गर्दा नोक्सानी हुन सक्छ । कम्पनीहरूको आर्थिक स्वास्थ्य नाप्नका लागि विभिन्न प्राविधिक तथा वित्तीय औजारहरू प्रयोगमा छन् । रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई), पीई रेसियो, ईपीएस आदि उपकरण प्रयोग गरेर त्यसको सुझावको आधारमा शेयर किन्ने वा बेच्ने निर्णय गर्न सकिन्छ । धेरै लगानीकर्ताले बजारको ट्रेन्ड, सामाजिक सञ्जालको हल्ला र नाम मात्रको अध्ययनबाट लगानी गर्ने गरेको देखिन्छ । प्राविधिक विश्लेषण बिना किनेका शेयरले पनि नाफा दिएकाले हामीलाई लाग्न सक्छ जसरी भए पनि शेयर किनेपछि नाफा नै हुन्छ । लामो समयका लागि लगानी गर्ने हो भने अलिकति विश्लेषण गरेर नै बजारमा प्रवेश गरौं । विश्लेषण आफै सिकांै, गाह्रो छैन । अहिले धेरै सूचना नेप्सेकै वेबसाइटमा हेर्न मिल्ने हुँदा एक तरीकाले ढुक्क भएर नै लगानी गर्न सकिन्छ । शेयरबजार हल्लाले तलमाथि हुन सक्छ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, यस वर्ष राम्रोसँग पानी पर्‍यो र धानको उत्पादन बढ्ने अवस्था आयो भने शेयरबजार बढ्न सक्छ । यसरी बढ्ने शेयर नकारात्मक खबर आउनासाथ तल आउन थाल्छ् । बाह्य वातावरणमा राम्रो आर्थिक अवस्था आयो, उत्पादनको सम्भावना बढ्यो भने शेयर बढ्छ । त्यसैगरी इन्धनको मूल्य घट्यो भने वस्तुको प्रतिएकाइ उत्पादन लागतमा कमी हुन्छ । वस्तुको मूल्यमा कमी आउँछ । यसले गर्दा शेयरबजार बढ्न सक्छ । धेरै कम्पनीको नाफामा बाह्य  वातावरणको अवसर र चुनौती दुवैले असर पार्छ ।  शेयरबजार सम्पूर्ण लगानीकर्ताको साझा दिमागको विश्लेषणबाट नै तलमाथि हुने हो । एउटा लगानीकर्ता प्रत्येक सूक्ष्म प्रभावक हो भने सम्पूर्ण लगानीकर्ताको मुडले बजारको बृहत् अवस्था देखाउँछ । त्यसैले जता खतरा छ त्यहाँबाट मानिस सुरक्षित ठाउँतिर भागिरहेका होलान् भन्ने आधारमा मानिस भीडतिर नै भाग्छ । भीडमा भाग्ने पहिलो व्यक्तिले वास्तविक कुनै सम्भावना वा खतरा देखेर निश्चित दिशातर्फ भागेको रहेछ भने पछि लाग्ने सबैको कल्याण हुन्छ । खतरा वा सम्भावना कसैले पनि देखेको छैन सबै अनुमानको भरमा अर्कोपछि भागियो भने झन् ठूलो समस्यामा पर्न सकिन्छ । यसैले वास्तविकता आफैले बुझ्ने प्रयास गर्नु अति राम्रो हो ।  कम्पनीको कुनै पनि विषय विश्लेषण नगरी अरू जता लागेका छन् हामी पनि त्यतै लाग्ने हो भने घाटा हुन सक्छ । बजारमा अनुभवीले कमाउँछन् । उनीहरूले लामो समयदेखि बजारलाई अध्ययन गरेका हुन्छन् । नयाँ लगानीकर्ता शेयरबजारमा प्रवेश गर्न चाहन्छ भने कुन आधारमा गर्ने भन्ने अवस्था आएमा त्यतिबेला धेरै टुल्स अथवा इन्डिकेटरलाई हेरेर बजारमा कुन कम्पनीको शेयर किन्ने भन्ने विश्लेषण गर्न सकिन्छ । त्यसमध्येको एउटा औजार हो आम्दानी मूल्य अनुपात अर्थात् पीई रेसियो ।   जुन कम्पनीको पीई रेसियो थोरै हुन्छ त्यो शेयर किन्नुपर्छ भन्ने मान्यता छ । कुनै कम्पनीको पीई रेसियो ११.५५ पैसा छ र अर्को कम्पनीको २४.०४ पैसा छ भने पहिलोवाला कम्पनीको शेयर किन्न उपयुक्त हुन्छ । यसको अर्थ के हो भने पहिलो कम्पनीमा १ रुपैयाँ कमाउन ११.५५ रूपिया लगानी गर्नुपर्छ । अर्कोमा १ रुपैयाँ कमाउन २४ रुपैयाँ ४ पैसा लगानी गर्नुपर्छ । कमाउनु समान छ भने किन डबलभन्दा बढी रकम लगाउने ? पीई रेसियो, कुनै कम्पनीको बजार मूल्यलाई त्यस कम्पनीको प्रतिशेयर आम्दानीले भाग गरेर निकालिन्छ । त्यसैले पीई रेसियोको अध्ययन गर्दा छोटो समयमै ईपीएसको पनि जानकारी हुने हुँदा यी दुईओटा उपकरण अध्ययन गर्न सकिन्छ ।  यसरी मूल्यांकन गर्दा पीई रेसियो कम भएको र ईपीएस  बढी भएको कम्पनीको शेयर किन्नु राम्रो हुन्छ । यो सर्वमान्य सिद्धान्त हो । यसमा पनि विभिन्न चर हुन्छन् । कुनै कम्पनीको पीई रेसियो आज जति छ आगामी वर्ष पनि त्यत्तिकै हुन्छ भन्न सकिँदैन । कम्पनीको लक्षित आम्दानीको आधार हेर्दा अहिले तुलनात्मक रूपमा बढी पीई रेसियो भएको कम्पनी पनि अर्को वर्ष राम्रो अवस्थामा आउन सक्छ । त्यसबाहेक आजभन्दा पहिलाको इतिहास हेरेर पनि आगामी दिनको आर्थिक अवस्थाको अनुमान गर्न सकिन्छ ।  ईपीएस  र पीई रेसियोको आधारमा शेयर कारोबार गरेर कमाउँछु भन्ने उद्देश्य राख्ने लगानीकर्ता त्यस विषयमा नै विशेषज्ञ हुँदै जानुपर्छ । कम्पनीका यी दुई मुख्य सूचक खरीदका महत्त्वपूर्ण र सरल उपकरण हुन् । लगानीकर्ताले पूर्णरूपमा अनुशासित भएर यी २ उपकरणको आधारलाई हेरेर नै किनबेच गर्ने हो भने यसबाट उचित लाभ हुन्छ ।  पीई रेसियो कम्पनीको बजार मूल्यको आधारमा प्रत्येक घण्टा तलमाथि हुन्छ । त्यसैले दीर्घकालको ईपीएस र पीई रेसियोको प्रवृत्तिलाई हेरेर नै कारोबार गर्दै जानुपर्छ । सम्पूर्ण आधार नै आम्दानी मूल्य अनुपात भन्न खोजेको होइन तर लगानीकर्ता बढी मात्रामा एउटै आधारमा विज्ञ बन्दै जाने हो भने कहाँ कुन कम्पनीमा कसरी लगानी गर्ने भन्ने छनोट गर्न सजिलो हुन्छ । जजसले दोस्रो बजारमा शेयर किनबेच गर्न र त्यसबाट जीविकोपार्जन गर्न चाहन्छन् तिनले शेयर विश्लेषण गर्ने बानी निरन्तर गर्दै जानुपर्छ । यस्तो विश्लेषण गर्न त्यति कठिन छैन । प्रत्येक कम्पनीको शेयर संख्या, त्यसको मार्केट क्याप, त्रैमासिक नाफा नोक्सान, अघिल्लो वर्षको लाभांश वितरण आदि सबै आजकाल अनलाइनमा प्राप्त हुने हुँदा त्यसको अध्ययन गरेर कारोबार गर्ने बानी विकसित गरौं ।  लेखक कैलाशकुट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन्  ।

सम्बन्धित सामग्री

सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंकमाथि ६ करोड रुपैयाँ जरिवाना

काठमाडौँ- कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंक कारवाहीमा परेको छ । नियामक नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई ६ करोड रुपैयाँ जरिवाना गरेको हो । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ । त्योभन्दा बढी भए बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गर्दै आएको छ ।

के हो रेसियो एनालाइसिस ?

काठमाडौं । शेयर बजारका विज्ञ एवं जानकारहरू कुनै पनि कम्पनीमा लगानी गर्नुअघि कम्पनीको रेसियो एनालाइसिस गर्नुपर्ने बताउँछन् । तर अधिकांश लगानीकर्तामा विज्ञहरूले मात्र रेसियो एनालाइसिस गर्न सक्छन् भन्ने बुझाइ रहेको पाइन्छ ।   लगानीकर्ता आफैले पनि कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरण अध्ययन गरी रेसियो एनालाइसिस गर्न सक्छन् । उक्त एनालाइसिसको आधारमा उनीहरूले लगानीको निर्णय समेत लिन सक्छन् । अमेरिकाको न्यूयोर्कस्थित आर्थिक मिडिया इन्भेस्टोपेडियाका अनुसार कम्पनीहरूले प्रकाशित गरेको ब्यालेन्स सिट, आय विवरण लगायत वित्तीय विवरणहरूको अध्ययन गरेर कम्पनीको तरलता, लिभरेज, नाफा लगायतको वित्तीय अवस्था अध्ययन गर्ने विधिलाई नै रेसियो एनालाइसिस भनिन्छ । कम्पनीहरूले प्रत्येक त्रैमासको अन्त्यमा वित्तीय विवरणहरू प्रकाशन गर्छन्, अर्थात् कम्पनीहरूले एक वर्षमा चारओटा त्रैमासिक विवरण प्रकाशन गर्छन् । उक्त वित्तीय विवरणको आधारमा सजिलैसँग रेसियो एनालाइसिस गर्न सकिन्छ । कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरणहरूमा कम्पनीको वित्तीय अवस्था विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ । तर विषयगत क्षेत्रका व्यक्तिबाहेक अन्यलाई रिपोर्टमा भएका विषय बुझ्न निकै मेहनत गर्नुपर्छ । रेसियो एनालाइसिसले कम्पनीको वित्तीय अवस्थाबारे सजिलैसँग बुझ्न मद्दत गर्दछ । नेपालमा अहिले अधिकांश नवप्रवेशी लगानीकर्ता शेयर बजारमा लगानी गर्न अरूको भर पर्ने गरेको पाइन्छ । बजारमा अहिले लगानी गर्नुअघि ‘टिप्स’ माग्ने लगानीकर्ता धेरै भेटिन्छन् । तर रेसियो एनालाइसिसको सहायताले लगानीकर्ता आफैले पनि कम्पनीबारे बुझेर लगानी गर्न सक्छन् । यसको मद्दतले सम्बन्धित क्षेत्रका कम्पनीको तुलना गर्न पनि सहज हुन्छ । शेयर बजारका विज्ञहरूले कम्पनीहरूले प्रकाशन गर्ने वित्तीय विवरणको आधारमा दर्जनौं किसिमका रेसियो अध्ययन गर्ने गरेको पाइन्छ । तर विषयगत वित्तीय विज्ञबाहेक अन्यलाई ती रेसियो अध्ययन गर्न सहज हुँदैन । शेयर बजारका लगानीकर्ताले कम्पनीको वित्तीय विवरणको आधारमा केही रेसियो आफैले अध्ययन गरेर सजिलैसँग लगानीको निर्णय गर्न सक्छन् । शेयर बजारमा लगानी गर्नुपूर्व सजिलैसँग अध्ययन गर्न सकिने पाँच रेसियो निम्न छन् : अर्निङ पर शेयर (ईपीएस) अर्निङ पर शेयर (ईपीएस)लाई कम्पनीको नाफाबारे अध्ययन गर्ने महत्त्वपूर्ण रेसियो मानिन्छ । ईपीएसको आधारमा कम्पनीको प्रतिशेयर आम्दानीबारे सजिलैसँग बुझ्न सकिन्छ । उदाहरणका लागि कम्पनीको ईपीएस ५० रुपैयाँ छ भने उक्त कम्पनीको एक कित्ता शेयरले ५० रुपैयाँ आम्दानी गरेको भन्ने बुझिन्छ । कम्पनीको कुल आम्दानीलाई कुल शेयर संख्याले भाग गरेर ईपीएस निर्धारण गरिन्छ । लगानीकर्ताले समूहगत कम्पनीहरूको ईपीएसको तुलनात्मक अध्ययन गरी सजिलैसँग लगानीको निर्णय लिन सक्छन् । ईपीएस धेरै भएको कम्पनीमा लगानी गर्न राम्रो मानिन्छ । तर लगानीकर्ताले सम्बन्धित कम्पनीमा लगानी गर्नुअघि कम्पनीको विगतका वर्षको ईपीएस पनि अध्ययन गर्नुपर्छ । प्राइस अर्निङ रेशियो (पीई रेसियो) प्राइस अर्निङ रेसियो (पीई रेसियो)ले बजारमा अहिले कम्पनीको शेयर सस्तो वा महँगो मूल्यमा कारोबार भइरहेको छ भन्ने अध्ययन गर्न मद्दत गर्दछ । उदाहरणका लागि कुनै कम्पनीको पीई रेसियो १० गुणा छ भने सो कम्पनीको प्रतिशेयर आम्दानीको तुलनामा शेयरमूल्य १० गुणा बढी भएको बुझिन्छ । कम्पनीको शेयरमूल्यलाई ईपीएसले भाग गरेर पीई रेसियो निकालिन्छ । सामान्यतया पीई रेसियो कम भएको कम्पनीमा लगानी गर्नु उपयुक्त मानिन्छ । तर पीई रेसियो कम छ भन्दैमा कम्पनीका अन्य वित्तीय अवस्था अध्ययन नगरी लगानी गर्दा जोखिम पनि हुन सक्छ । त्यसैले लगानीको निर्णय लिनुअघि कम्पनीको ईपीएस, आरओई लगायत अन्य रेसियो अध्ययन गर्न पनि उत्तिकै आवश्यक छ । डेट टु इक्विटी रेसियो डेट टु इक्विटी रेसियोले कम्पनीको ऋण र इक्विटीको हिस्सा बुझ्न सघाउँछ । डेट टु इक्विटी रेसियोको सहायताले कम्पनीले लिएको कुल ऋण र कम्पनीमा शेयरधनीको लगानी भएको पूँजीबारे जानकारी लिन सकिन्छ । उदाहरणका लागि कुनै कम्पनीको डेट टु इक्विटी रेसियो २:१ छ भने कम्पनीले इक्विटीको दुई गुणा ऋण बुझिन्छ । यस्तो अवस्थामा कम्पनीले आर्जन गरेको नाफा शेयरधनीलाई लाभांश दिनेभन्दा ऋणको ब्याज तिर्न बढी प्रयोग हुन सक्छ । कम्पनीको डेट टु इक्विटी रेसियो कम भएमा कम्पनीले लिएको ऋणको तुलनामा शेयरधनीले लगानी गरेको पूँजीको हिस्सा बढी भएको बुझिन्छ । यस्तै कम्पनीको डेट टु इक्विटी रेसियो बढी भएमा कम्पनीले बढी ऋण लिएको बुझिन्छ । त्यसैले डेट टु इक्विटी रेसियो धेरै कम पनि नभएको र धेरै बढी पनि नभएको कम्पनीमा लगानी गर्नुपर्छ । डेट टु इक्विटी रेसियो कम्पनीको कुल ऋणलाई कम्पनीको कुल इक्विटीले भाग गरेर निर्धारण गरिन्छ । रिटर्न अन इक्विटी (आरओई) रिटर्न अन इक्विटी (आरओई)ले कम्पनीमा शेयरधनीको कुल इक्विटीमा भएको नाफा अध्ययन गर्न मद्दत गर्दछ । आरओई कम्पनीको कुल आम्दानीलाई शेयरधनीको इक्विटीले भाग गरी १०० ले गुणा गरेर निर्धारण गरिन्छ । लगानीकर्ताले आरओईको मद्दतले कम्पनीहरूबीच तुलना गरी लगानीको निर्णय गर्न सक्छन् । उदाहरणका लागि कम्पनी ‘क’ र ‘ख’ दुवैको नाफा ५ लाख रुपैयाँ छ । यस्तै कम्पनी ‘क’मा शेयरधनीको कुल इक्विटी ५० लाख र कम्पनी ‘ख’मा शेयरधनीको कुल इक्विटी १ करोड रुपैयाँ छ । लगानीकर्तालाई दुवै कम्पनीको नाफा ५ लाख रुपैयाँ भएकाले कुन कम्पनीमा लगानी गर्ने भन्ने अन्योल हुन सक्छ । प्रस्तुत उदाहरणमा कम्पनी ‘क’को आरओई १० प्रतिशत र कम्पनी ‘ख’को आरओई ५ प्रतिशत छ । दुवै कम्पनीको नाफा ५ लाख भए तापनि कम्पनी ‘क’को आरओई बढी भएकाले लगानीकर्ताले आरओईको आधारमा लगानी गर्दा कम्पनी ‘क’मा लगानी गर्दा बढी फाइदा हुन्छ । यसरी आरओईको मद्दतले दुई कम्पनीबीच तुलना गरेर  लगानीका लागि उपयुक्त कम्पनी छनोट गर्न सकिन्छ ।   प्राइस टु बुक भ्यालू रेसियो (पीबी रेसियो) प्राइस टु बुक भ्यालू रेसियो (पीबी रेसियो)ले कम्पनीको हाल कारोबार भइरहेको शेयरमूल्य कम्पनीको वास्तविक मूल्यभन्दा कम छ कि बढी छ भन्ने जानकारी लिन सघाउँछ । पीबी रेसियो कम्पनीको शेयरमूल्यलाई बुक भ्यालूले भाग गरेर निर्धारण गरिन्छ । बुक भ्यालू भन्नाले कम्पनी खारेज भएमा कम्पनीको ऋण लगायत सबै दायित्व भुक्तान गरी शेयरधनीलाई भुक्तानीका लागि बाँकी रहने रकम भन्ने बुझिन्छ । उदाहरणका लागि ५०० रुपैयाँ शेयरमूल्य भएको कम्पनीको बुक भ्यालू ५० रुपैयाँ छ भने उक्त कम्पनी खारेज भएमा कम्पनीले सबै दायित्व भुक्तान गरेपछि शेयरधनीले ५० रुपैयाँ मात्र पाउनेछन् । कम्पनीको पीबी रेसियो कम भएमा त्यस्तो कम्पनीको शेयरमूल्य कम भएको बुझिन्छ । लगानीकर्ताले पीबी रेसियोको आधारमा लगानी गर्नुअघि कम्पनीको आरओई पनि अध्ययन गर्न आवश्यक हुन्छ ।

१८ बैंकको सीडी रेसियो अझै ९० प्रतिशत माथि

काठमाडौं, बैशाख २७ । सञ्चालनमा रहेका २७ मध्ये १८ ओटा वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि देखिएको छ । यो नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तभित्र कायम गर्नुपर्ने भनी तोकेको सीमाभन्दा बढी हो । बाँकी नौओटाको सीडी रेसियो ९० प्रतिशतभन्दा कम छ । निक्षेप बढ्न नसकेपछि सीडी रेसियो ९० प्रतिशतभन्दा माथि पुगेको […]

बैंकहरुको सीडी रेसियो सीमा भन्दा माथि, निक्षेप बराबर नै कर्जा लगानी

१४ चैत, काठमाडौं । चैत दोस्रो साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन दयनीय देखिएको छ । बैंकर्स संघका अनुसार पछिल्लो साता २७ वाणिज्य बैंकको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९१ प्रतिशत भन्दा माथि छ । नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तर अधिकांश बैंकले सीडी रेसियोलाई सीमाभित्र कायम राख्न […]

सीडी रेसियो पालनामा थप कडाइ

बैंकर तथा व्यवसायीहरुले कर्जा—निक्षेप (सीडी) अनुपातमा सहुलियत दिन माग गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने यसको कार्यान्वयनमा कडाइ गरेको छ । शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र सीडी रेसियो कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा पेश गर्नुपर्ने र त्यसै अनुरुप कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको […]

आयातमा कडाइ, सीडी रेसियो यथावत्

काठमाडौं । नेपाली राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यथावत् र आयातमा कडाइ गर्दै मौद्रिक नीतिको समीक्षा गरेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई शुक्रबार सार्वजनिक गरेको केन्द्रीय बंैकले अधिकांश विद्यमान व्यवस्थालाई यथावत् राखेको छ । विदेशी ऋण र लगानीमा सहजीकरण बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुजी अर्थात् तरलताको अभाव भएपछि कर्जा–निक्षेप अनुपात […] The post आयातमा कडाइ, सीडी रेसियो यथावत् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सीडी रेसियो ९२% पुर्‍याउन बैंकहरूको माग

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावलाई बैकल्पिक रूपमा समाधान गर्न बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढाउन माग गरेका छन् । हाल सीडी रेसियो ९० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था छ, त्यसलाई बढाएर ९२ प्रतिशत पु¥याउन बैंकहरूले माग गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेको सन्दर्भमा नेपाल बैंकर्स संघको टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस्तो माग गरेका हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको सीसीडी रेसियो खारेज गरेर सीड...

सीसीडी रेसियो खारेज

काठमाडौं, (नेस) । नेपाल राष्ट्र बैंकले कर्जा–स्रोत अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ । मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले सो नीति ल्याएको हो । मौद्रिक नीतिले सीसीडी रेसियोको साटो बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम् ९० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई पुँजी कोष र पुँजी कोषको अंगको […]

सीसीडी रेसियो हटाएर लागू गरियो सीडी रेसियो

यसअघि बैंक तथा वित्तीय संस्थाले पुँजी, निक्षेप र कर्जाको अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकोमा २०७९ असार मसान्तसम्म यो व्यवस्था हटाइएको छ ।