एमसीसी अनुमोदनको प्रभाव : दुई महीनामै खर्बभन्दा बढीको सहयोग सम्झौता

काठमाडौं (अस) । प्रतिनिधिसभाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अन्तर्गतको अनुदान सम्झौता पास गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ । अमेरिकाले नेपाललाई एमसीसी परियोजनाअन्तर्गत ५०० मिलियन डलर (करीब रू. ६० अर्ब) अनुदानका रूपमा सहयोग गर्ने सम्झौता नेपालको संसद्ले गत फागुन १५ मा अनुमोदन गरेको थियो । अर्थ मन्त्रालयका अनुसार त्यसयता अमेरिकालगायत अन्य दातृ निकायसँग १ खर्बभन्दा बढीको सहयोग सम्झौता भएको छ । अर्थ मन्त्रालयका सल्लाहकार शालिकराम पोख्रेलले १ खर्ब रुपैयाँभन्दा बढीको सम्झौता एमसीसी पासपछि भएको बताए । ‘एमसीसीले नेपालमा वैदेशिक सहायता भित्र्याउन ठूलो सहयोग गरेको छ । अमेरिकासहित अन्य दातृ निकायहरू एमसीसी पासपछि उत्साहित भएका छन्,’ उनले भने । वैशाख २२ गते अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (यूएसएड) र अर्थ मन्त्रालयबीच झन्डै ८० अर्ब रुपैयाँको अनुदानसम्बन्धी सम्झौता भएको छ । ५ वर्षभित्र खर्च गर्ने गरी यूएसएडले नेपाललाई ६५९ मिलियन डलर (करीब रू. ७९ अर्ब ७१ करोड) बराबरको अनुदान सहयोग गर्दै छ । अमेरिकाले नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने प्रयासमा सघाउन यो सहयोग दिन लागेको हो । यो सहायता नेपाल सरकार, नागरिक समाज, निजीक्षेत्रसँग मिलेर नेपालको दिगो विकास लक्ष्य प्राप्त गर्न तथा लोकतान्त्रिक शासन, उद्यमशीलता केन्द्रित आर्थिक वृद्धिमा परिचालन गरिनेछ । वैशाख २१ मा नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर (करीब १८ अर्ब रुपैयाँ) ऋण दिने समझदारी भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैंकबीच ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋणपत्रमा अर्थसचिव मधु मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेसँगै यो ऋण पनि कार्यान्वयनको चरणमा जाँदै छ । अर्थका अनुसार यो सहयोगले पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न र नवीनतम वित्तीय सेवालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ । यस्तै, सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिँदै छ । यसबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करीब १८ अर्ब) रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेकाले यो ऋण लिन लबिइङ भइरहेको अर्थका अधिकारी बताउँछन् ।

सम्बन्धित सामग्री

एमसीसी : नेपाल, चीन र अमेरिका

संसदले एमसीसी पारित गर्नुअघि सञ्चारमाध्यम मार्फत भइरहेका एमसीसी सम्बन्धी पक्ष–विपक्षका तर्क–वितर्कले नेपाली समाज विभाजित भएर अन्योल पैदा भएको थियो । एससीसी लागू भइसक्दा पनि त्यसको प्रभाव हटिसकेको छैन । एमसीसी सम्बन्धी मिडिया सामग्रीको प्रभाव कतिसम्म बलियो देखियो भने जनतामाझ अलोकप्रिय भइएला भन्ने डरले आफ्नै सरकारले पारित गरेको एमसीसी विरुद्ध चर्को स्पष्टीकरण दिन सत्तारुढ सांसदहरू पनि […]

एमसीसी पारित गर्नुको प्रभाव देखिँदैछ– लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले एमसीसी पारित गरेपछिका प्रभाव देखिन थालेको बताएका हुन् ।सरकारले तत्कालिन समयमा बहुमतको आडमा जबरजस्ती एमसीसी अनुमोदन गरेको स्मरण गर्दै लिङ्देनले त्यसपछिको प्रभाव देखिन सुरू गरेको बताए । ‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदै छैन भन्ने जनमा

नेपालमा बढ्दो अमेरिकी प्रभाव, एमसीसी हुँदै तिब्बती मामलामा सक्रियता

काठमाडौं, ८ जेठ । नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको छ । अमेरिकी अधिकारीहरुको बढ्दो आवतजावत्, सहयोग र लगानी वृद्धि देखि संवेदनशील मुद्दामा चासोले प्रभाव बढेको देखिएको हो । ५० करोड डलरको एमसीसी सदनबाट पारित भएपछि अमेरिकाले थप सहयोग घोषणा गरेको छ । अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लो भयो । अहिलेसम्मकै ठूलो संसदीय टोली नेपाल […]

धनकुटामा बन्दको आंशिक प्रभाव

धनकुटा । धनकुटा जिल्लामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिष्ट पाटी र २ मोर्चाले आज सोमबार गरेको धनकुटा भएर पहाडी जिल्लामा आवातजावत गर्ने सार्वजनिक र माल वहाक सवारी साधनमा बन्दको आंशिक प्रभाव देखिएको छ । धनकुटा हुँदै तराई र पहाडी जिल्ला आवतजात गर्ने सार्वजनिक सवारीमा […]

चितवनमा बन्दको आंशिक प्रभाव

चितवन । विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले साेमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता […] The post चितवनमा बन्दको आंशिक प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

कस्तो छ चितवनमा बन्दको प्रभाव ? (फोटोफिचर)

विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरे

बन्दको प्रभाव : खुलेनन् शैक्षिक संस्था, राजमार्ग र बजार खुला

मोरङ – एमसीसी खारेजीको आव्हानमा गरिएको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बन्दको प्रभाव जिल्लामा नदेखिएको जानकारी दिए। ‘हामी कार्यक्रमका लागि पूर्वतर्फ जाँदैछौं। राजमार्ग, भित्री सडकमा सवारी चलेका छन्’, उनले भने, ‘सुरक्षाका लागि नियमित गस्ती र आवश्यक स्थानमा सुरक्षा निकायको उपस्थिति कायम रहेको छ।’ बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा […]

एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा प्रभाव पर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुने दोहोर्याएको छ । अमेरिकी विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव पर्ने बताएको हो । भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका […]

एमसीसी प्रभावितलाई १४ अर्ब

सरकारले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।सत्तारुढ दलभित्रको आन्तरिक खिचातानीबाट संसद्बाट एमसीसी पारित नभएर त्यसको निर्माण कार्य सुरु हुन नसके पनि पूर्वतयारीको रूपमा लिइएको ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो । अर्थ मन्त्रालयको मातहतमा रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा एमसीसी हुने अनुदान र सरकारको लगान