काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई सो बैठकमा बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने संभावना भएका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी आगामी ९ गते बंगलादेश जाँदै हुनुहुन्छ । यसैबीच राष्ट्रपति भण्डारीले कोरोना विरुद्ध खोप लगाउनुभएको छ । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उहाँले खोप लगाउनुभएको हो ।
खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गर्नुभयो ।