चुनाव नजिकिएसँगै बढ्दै नेताका घृणाजन्य अभिव्यक्ति: विरोधीलाई ‘कुकुर' भन्नेदेखि अरिङ्गाल बन्न निर्देशन, कोही छैनन् कम

काठमाडौं: स्थानीय तह निर्वाचनका बेला आरोप प्रत्यारोपमा उत्रिएका राजनीतिक दलका नेताहरु फेरि मंसिर ४ को चुनाव नजिकिएसँगै आक्रामक बन्न थालेका छन्। सत्ता गठबन्धन र प्रतिपक्ष दल नेकपा (एमाले) का नेता एक अर्काप्रति लक्षित आरोप प्रत्यारोपमा उत्रिएका हुन्। काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय प्रचार भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओली र पोलिटब्यूरो…