आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर

सम्बन्धित सामग्री

काठमाण्डौसहित आसपासका क्षेत्रमा मौसम बदली : पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भएको छ । मौसम बदली भएका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका मौसम बद्ली भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको उहाँको भनाई छ । आज राति कतै कतै मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजको मौसम घमाइलो, भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उहाँले बताउनु भएको छ । यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि...

दशैँकाे नवमीदेखि मनसुन सक्रिय हुने, देशभर पानी पर्ने सम्भावना !

काठमाण्डाै – यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले दशैँको नवमीदेखि मनसुन सक्रिय हुने बताउनुभएको हो । नवमीको दिनदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।यसैबीच भोलि बुधवारदेखि केही दिन मौसम सफा हुने छ । अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा स...

देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली भएको छ । मौसमविद् विष्णु घिमिरेका अनुसार आज पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै, आज तराईका जिल्लामा पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् घिमिरेले जानकारी दिनुभयो । आज तराईका जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । नेपालमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव छ । यसका कारण भोलि प...

आज केही ठाउँमा पानी पर्ने सम्भावना : अझै दुई तीन दिन मौसम सुधार नहुने

काठमाण्डाै – देशका केही ठाउँमा आज बेलुकातिर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौको मौसम धुम्म छ । प्रदेश एक, मधेश प्रदेश, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जू बासीले बताउनुभयो । उहाँका अनुसार आज राति प्रदेश एक र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । अझै दुई तीन दिन मौसम सुधार नहुने पनि मौसमविद् बासीले बताउनुभयो । प्रिमनसुनको बेलामा कतै कतै एक्कासि&n...

मौसम बद्ली : प्रदेश-१, वाग्मती र गण्डकीका एक/दुई ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज मौसम बद्ली भएको छ । आज प्रदेश-१, वाग्मती र गण्डकीमा मौसम पूर्णरुपमा बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती ठाउँका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौमा अहिले मौसम धुम्मिएको छ। मौसमविद् भट्टराईकाअनुसार काठमाण्डौमा वायुमण्डलको सतहमा बादल विकसित भएको छ । पानी नपर्दा र हावा नचल्दा मौसम धुम्मिएको मौसमविद् भट्टराईले बताउनुभयो । त्यस्तै आज राति प्रदेश-१, वाग्मती र गण्डकीबाहेक अरु ठाउ...

देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]

आजको मौसम : पहाडी भू-भागमा पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमामा पानी पर्ने सम्भावना रहेको छ।नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा मौसम बदली रहेको छ।दिउँसो पहाडी र तपाईमा मौसम बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार राति प्रदेश

पहाडी क्षेत्रको मौसम बद्ली : थोरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - देशकाे पहाडी क्षेत्रको मौसम बद्ली भएको छ । तराईका थोरै ठाउँमा मौसम आंशिक बद्ली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो प्रदेश-१, वाग्मती तथा गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । त्यस्तै आज राति पनि प्रदेश-१, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मौसम बद्ली भइ कतैकतै पानी पर्ने अनुमान छ । आज अरु ...