प्रचण्डका स्वकीय सचिव मल्ल कोरोना संक्रमित

काठमाडौँ, २४ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। हिजो (शुक्रबार) बेलुका एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले फेसबुकमार्फत जानकारी दिएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘हिजो बेलुकी एन्टिजेन र पीसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ। […]

सम्बन्धित सामग्री

कांग्रेस नेता सिटौला कोरोना संक्रमित

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो । नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’ मा बसेका छन्। कांग्रेसका पूर्व महामन्त्री सिटौला आगामी […]

कांग्रेस नेता सिटौला कोरोना संक्रमित

काठमाडाैँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्। कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन […]

कांग्रेस उपसभापति खड्का कोरोना संक्रमित

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए। खड्का घरमै आराम गरिरहेका छन्।

प्रचण्ड पत्नी कोरोना संक्रमित, सघन उपचार कक्षमा उपचार हुँदै

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना संक्रमण भएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उनमा कोरोना संक्रमणको पुष्टि भएको हो । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे छ । लामो समयदेखि पार्किन्सस रोगका […]

काँग्रेसका तीन पदाधिकारीसहित ७ नेतामा कोरोना संक्रमण

नेपाली काँग्रेसका ७ जना नेता कोरोना संक्रमति भएका छन् । बुधबार आएको पिसिआर रिपोर्टमा महामन्त्री विश्वप्रकाश शर्माको सपरिवारमा कोरोना संक्रमण देखिएको छ ।यस्तै,काँग्रेस सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय (डीन)  कोरोना संक्रमित छन् । पूर्व सहमहामन्त्री डा.प्रकाशशरण महत, नेता प्रदीप पौडेल, नेतृ डा.डिला संग्रौला र उमा रेग्मी पनि कोरोना भाइरससँग जुधिरहेका छन् ।प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको

प्रचण्ड कोरोनाको लक्षणमुक्त, २ दिनपछि पीसीआर परीक्षण गर्ने तयारी

काठमाडौं । कोरोना संक्रमित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वाथ्यमा सुधार आएको छ । २४ पुसमा कोरोना संक्रमित भएका थिए । स्वकीय सचिव समेत रहेकी उनकी छोरी गंगा दाहालले सामाजिक संजालमा आफ्ना बुवासँगको तस्बिर राख्दै कोरोनाका लक्ष्मणमुक्त भएको र २ दिनपछि पीसीआर परीक्षण गर्ने जानकारी दिएकी छन् । ‘बुवाको स्वास्थ्य अवश्था सामान्य रहेको […]

प्रधानमन्त्री ओलीका पूर्व स्वकीय सचिव बरुवालको कोरोनाबाट निधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव पुष्पबहादुर बरुवालको निधन भएको छ।  कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत बरुवालको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। झापा कोरोबारी निवासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक तथा पाथिभरा  विकास समितिका अध्यक्ष समेत रहेका थिए।  केही वर्षदेखि परिवार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका पुगेका बरुवाल कोरोना संक्रमित भएर अमेरिकामै उपचाररत थिए।  बरुवालका आमा, श्रीमती, दुई छोरा छन्।

कोरोना संक्रमित सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

धनगढी । कोरोनाभाइरस संक्रमित सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। मल्लका पूर्व स्वकीय सचिव धनसिँह क्षेत्रीका अनुसार कोरोना संक्रमणको कारण उपचारको क्रममा निधन भएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरी कोरोना संक्रमित

काठमाडौं  । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई कोरोना संक्रमण  भएको छ । स्वास्थ्यमा सामान्य  समस्या  देखिएपछि  सोमवार  पीसीआर गर्दा  उनको रिपोर्ट पोजिटिभ आएको हो ।  गिरी अहिले थानकोट स्थित प्राथमिक अस्पताल थानकोटका स्वास्थ्यकर्मीहरूको निगरानीमा होम आइसोलेसनमा रहेका छन् । नगर प्रमुख गिरी होम आइसोलेसमा रहनुभएको उनका स्वकीय सचिव सचिव भुवन गिरीले जानकारी दिए ।नगर प्रमुख गिरीको  अवस्था सामान्य रहेको रहेको छ । गिरी कोभिड १९ रोकथाम तथ न्यूनीक

राज्यमन्त्रीकी संक्रमित स्वकीय सचिव गण्डक अस्पतालको आइसोलेसनमा

२३ जेठ, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवकी कोरोना संक्रमित स्वकीय सचिवलाई वीरगञ्जस्थित गण्डक अस्पतालको आइसोलेसनमा राखिएको छ । ३० बर्षीया उनलाई आइसोलेसनमा भर्ना गराएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी …