चोरीको आरोप लागेपछि मेलिना र किरणको स्वर रहेको गीत ‘हे दैव’ युट्युवबाट हट्यो

काठमाडौँ। चोरीको आरोप लागेपछि ‘हे दैव’ बोलको गीतको भिडियो युट्युवबाट हटेको छ। गायीका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युबबाट हटेको हो। गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो। गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो।