मोरङ-१ : लिम्बू र खतिवडाबीच रोचक प्रतिस्पर्धा हुँदै

विराटनगर : मोरङ क्षेत्र नम्बर १ मा  नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका घनश्याम खतिवडाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।मतगणनाको  सुरुवातदेखि अग्रता कायम राख्दै आएका खतिवडालाई मत परिणामको अन्त्यतिर उछिन्दै लिम्बूले अग्रता कायम राखेका छन्।पछिल्लो मत परिणामअनुसार कांग्रेसका लिम्बूले २९९  मतको अन्तरले अग्रता लिएका छन्। उनले २५ हजार ७९४  मत ल्याउँदा खतिवडाले २५ हजार ४९५ मत ल्याएका छन्।