कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थी आन्दोलनमा

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरु विगत १५ दिनदेखि आन्दोलनमा उत्रेका छन् । विद्यार्थी आन्दोलनका कारण दुई सातायता डीन कार्यालयमा ताला लागेको छ । डीन कार्यालयले ताला लागेको १४ दिन बितिसक्दा पनि चासो नदेखाएपछि विद्यार्थीहरु आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारीमा लागेको अनेरास्ववियु स्नातकोत्तर कमिटी अध्यक्ष दिपेश नेपालले रातोपाटीलाई बताए ।कृषि तथा पशु विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र पशु अध्ययन गराउने अध्ययन संस्थान हो । गत फागुन २६ गते अध्ययन संस्थ

सम्बन्धित सामग्री

इजरायलमा रहेका त्रिविका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिंदै

२३ असोज, काठमाडौं । त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको जनाएको छ । इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा रहेका ७२ विद्यार्थीले असुरक्षित भएको जानकारी दिएपछि त्रिविले नेपालस्थित इजरायली दूतावास, इजरायलमा रहेको नेपाली दूतावास र किन्नरेट एकेडेमिक […]

लमजुङ क्याम्पसमा अनेरास्ववियु र मातृभूमि क्याम्पसमा नेविसंघकोप्यानलै विजयी

लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी  भएको  छ।  चार सय ८४ मत खसेकोमा आइतबार साझको मतपरिणाम...

रामपुर क्याम्पसमा नेविसंघको २५ सदस्यीय नयाँ कार्यसमिति चय

कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत रामपुर क्याम्पस, चितवनमा नेपाल विधार्थी संघ (नेविसंघ )को नयाँ कार्यसमिति चयन भएको छ । इकाई अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन भएको हो । अधिवेशनबाट सभापतिमा...

त्रिविका कर्मचारी र विद्यार्थी नेताबीच हात हालाहाल

२१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यलयमा सोमबार विद्यार्थी नेता र कर्मचारीबीच हात हालाहाल भएको छ । अखिल क्रान्तिकारीका त्रिवि समितिका अध्यक्ष प्रदिपराज कपाडी (भट्ट) र अध्ययन संस्थानका लेखा प्रमुख पवित्रकुमार बस्नेतबीच हात हालाहाल भएको हो । दुबै पक्षले आफूमाथि कुटपिट भएको भन्दै कारबाहीको माग गरेका छन् । […]

कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला

काठमाडौँ । कर्मचारीको चौतर्फी दबाबपछि नेविसंघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको छ । नेविसंघले असार २७ गते यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो । साउन १२ गते देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ । […]

रामपुर क्याम्पस र डिनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवन र डिनको कार्यालय कीर्तिपुरमा नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ । संघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस र गौरादह क्याम्पसले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य र अनुभवी प्राध्यापकको नियुक्ति गर्नुपर्नेमा आफूखुसी नियुक्त गरेको भन्दै विरोध गरेको हो ।  पछिल्लो […]

क्याम्पस प्रमुखका नियुक्ति खारेज गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ । आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो । संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस […]

क्याम्पस प्रमुखका नियुक्ति खारेज गर्न नेविसंघको माग

१८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ । आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो । संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, […]

प्रचण्डमाथि लगाएको आरोप पुष्टि गर्न ओलीलाई शिक्षामन्त्री पौडेलको चुनौती

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्रसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे सहमति गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।शुक्रबार कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले राजासँग  प्रचण्डको सम्झौताबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति झुटो रहेको दाबी गरे ।उनले राजा र प्रचण्डबीच पाँच बुँदे सहमति भएको पुष्टि गर्न ओलीलाई चुनौतीसमेत दिए । अन्यथा ओलीले सार्वजनिक रुपमा माफ