उम्मेदवार भोट माग्दै गाउँमा, किसान बाली थन्क्याउन खेतमा

तेह्रथुम – तेह्रथुममा अहिले किसानलाई बाली भित्र्याउने चटारो छ, नेतालाई भोट माग्न । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तेह्रथुमका विभिन्न दलका उम्मेदवारहरु आफूलाई जिताउन आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यता गाउँका कृषक भने धानबाली भित्र्याउने चटारोमा खेतमा छन् ।  धान पाकेर खेतहरु पँहेलपुर बनेका छन् । बाली भित्र्याउने बेला असिना र पानी आउँछ कि भन्ने चिन्ताले कृषकलाई पिरोलेको छ । यहिबेला आफ्नो पक्षमा भोट माग्दै मतदाता रिझाउन गाउँगाउँ डुलिरहेका छन् उम्मेदवार ।  यो पटक घर–...