म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइर्‍याउन मिल्ने रहेछ : राजेन्द्र पाण्डे

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जिल्लामा बजेट पार्न मन्त्री नै हुनुपर्ने जस्तो देखिएको बताएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले मन्त्री भएमात्र आफ्नो क्षेत्रमा बजेट पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने गरेको बताए । ‘मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने […]

सम्बन्धित सामग्री

बालेनको गोप्य योजनाः आफ्नै क्षेत्रमा फोहर विसर्जन गर्ने तयारी

काठमाडौं, असार १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् । डेढ साताअघि […]

महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाउनुभएको छ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उहाँले सो गोप्य योजना बनाउनुभएको हो । डेढ साताअघि हेटौंडामा आयोजित […]

मेयर बालेनको गोप्य योजना : महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए

वाग्मतीमा दुई मन्त्री थपिँदै

काठमाडौँ । वाग्मती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले आज दुई मन्त्री थपेर ६ सदस्यीय मन्त्रिमण्डल बनाउँदै छन् । थपिने मन्त्रीहरूमा नेकपा(माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसबाट एक–एक जना रहेका छन् । जसमा माओवादी केन्द्रका संसदीय दलका नेता सालिकराम जमरकट्टेल अर्थमन्त्री र नेपाली काँग्रेस संसदीय दलका सचिव निमा […]

कुनै पनि कारणले निर्वाचन तयारी नरोक्न आयोगलाई सुझाव

निर्वाचन आयोगले बोलाए अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै खेमाका प्रतिनिधि निर्वाचन आयोगबाट बाहिरिएका छन् । आयोगका पदाधिकारीसँग छलफलपछि प्रचण्ड खेमाका नेताहरु केही पहिले बाहिरिनुभएको थियो भने ओली खेमाका नेताहरु पनि बाहिरिनुभएको छ । बैठकपछि नेता सुवासचन्द्र नेम्वाङले कुनै पनि कारणले निर्वाचनको तयारी नरोक्न निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनुभएको छ ।  छलफलपछि पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै त्यस्तो सुझाव दिइएको उहाँले जानकारी दिनुभयो । “दल दर्ता र निर्वाचन तयारीको विषयमा आज छलफल भयो, त्यसकैलागि हामीलाई यहाँ बोलाइएको थियो” नेता नेम्वाङले भन्नुभयो, “नेकपा आधिकारिकताका विषयमा निर्वाचन आयोगले टुङ्गो लगाइसकेको छ, हामी नै आधिकारीक नेकपा हौं ।” अब निर्वाचनका लागि दल दर्ताको प्रक्रियामा गएर निर्वाचनबाटै सबै कुरा टुङ्गिन्छ उहाँले भन्नुभयो । प्रचण्ड–माधव पक्षका केही नेताहरुले आफू आधिकारीक पार्टी भएको बताए पनि त्यस्तो नरहेको, अध्यक्ष र महासचिवको हस्ताक्षर चल्ने पुरानै नेकपालाई आयोगले मान्यता दिएकाले अब चुनावी प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । आफूहरुले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने स्पष्ट सन्देश रहेको आयायोगलाई जानकारी गराएको बताउनुभयो । आयोगमा केपी शर्मा ओली खेमाका तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोगमा जानुभएको थियो । त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधान जानुभएको थियो ।

विवाद टुङ्गो नलागेसम्म दल दर्ता प्रक्रिया नबढाउन प्रचण्ड खेमाको सुझाव

निर्वाचन आयोगले बोलाए अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै खेमाका प्रतिनिधि निर्वाचन आयोगमा पुग्नु भएकाे छ । आयोगका पदाधिकारीसँग छलफल पछि प्रचण्ड पक्षका नेताहरु बाहिरिनु भएको छ भने ओली खेमाका नेताहरु छलफलमा रहनु भएको छ । आयोगमा केपी शर्मा ओली खेमाका तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोगमा जानु भएको थियो । त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान जानु भएको थियो । प्रचण्ड खेमाका प्रतिनिधिहरुले अहिले प्रचण्ड तथा माधवकुमार नेपाल उपत्यका बाहिर रहेकाले १८ गते अघि कुनै बैठक बस्न नसक्ने र त्यस पछि उहाँहरु स्वयं आयोगमा उपस्थित हुने कुरा आयोगलाई जानकारी गराउनु भएको थियो । त्यस्तै नेकपा भित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दलदर्ताको प्रक्रिया अगाडि नबढाउन आफूहरुले सुझाव दिएको बैठकपछि सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।