भागरथीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको दोषीलाई यथाशीघ्र पहिचान गरी कारवाही गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो।घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीको शीघ्र पहिचान