तीन दिन देशभर बदली र वर्षा, तराईमा हावाहुरीको सम्भावना

९ जेठ, काठमाडौं । अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई-तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । […]