सोलुखुम्बुु : एक हप्तादेखि हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान ...