कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई तोकिएको छ । बिहीबार बसेको कांग्रेसको घोषणापत्र तयारी समितिको पहिलो बैठकले सहमहामन्त्री  परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।घोषणापत्रको बारेमा जानकारी लिन परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ । सञ्चार माध्यमहरूले आवश्यक सूचनाका लागि परियारलाई सम्पर्क गर्नुपर्ने पनि कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता परियारले समितिको आवश्यकता अनुसार सम्पर्क स्थापना गर्नुपर्ने छ । मंसिर चार गते हुने प