सन्यास लिँदा रोजर फेडेररको रोएको तस्बिर हेरेर विराट कोहलीले के भने ?

टेनिसका महान् खेलाडीमध्येका एक स्विजरल्याण्डका रोजर फेडेरर शुक्रबार राती व्यावसायिक टेनिसबाट बिदा भएका छन् । उनले शुक्रबार राति लन्डनमा भएको लेवर कपमा आफ्नो करियरको अन्तिम व्यावसायिक खेल खेले । खेल सकिएपछि कोर्टमा बोल्दै फेडेरर निकै भावुक भए र उनी बेस्सरी रुन थाले । उनीसँगै राफेल नाडाल पनि रुन थाले ।यो देखेर धेरै दर्शकहरु निकै भावुक पनि भए । यो दृश्यले यो खेल हेरिरहेका सबैलाई स्तब्ध बनायो । यो दृश्यले भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीलाई पनि भावुक बनाएको छ । उनले सामाजिक सञ्जाल ट्विट