मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि गाडी चल्न थाल्याे

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी खण्डमा राति पनि गाडी चल्न थालेका छन् ।   आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने  सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी ...