शिवश्री हाइड्रोको ३६ करोडको सेयर आउने

२ फागुन, काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले ३६ करोड ९१ लाख रुपैयाँ (३६ लाख ९१ हजार कित्ता) सेयर जारी गर्ने भएको छ । कम्पनीले १४ लाख ७६ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दाको लागि र २२ लाख १४ हजार कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । कम्पनीले हाल २२.२ मेगावाटको माथिल्लो …

सम्बन्धित सामग्री

सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको […]

पिपुल्स हाइड्रोको आईपीओ भदौ ३१ देखि

पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।सोमध्ये आयोजनाका अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । यस्तै, लमजुङ जिल्लाका स्थानीयका लागि २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिक

सयपत्री हाइड्रोको आईपीओ साउन १३ गते खुल्ने

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १०० अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार […]

कबुल रकम बुझाउन जगदुल्ला हाइड्रोको आग्रह, एचआईडिसीएल भागमा २३ करोड

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरूलाई आफुले लिन कबुल गरेको जारी पूँजीमध्ये बाँडफाँट गरिएको सेयर बापतको शतप्रतिशत रकम माग गर्न आग्रह गरेको छ। कम्पनीले ३० दिन भित्र उक्त रकम जम्मा गर्न संस्थापक सेयरधनीहरूलाई आग्रह गरेको हो ।कम्पनीले ६३ लाख ४९ हजार ३०० कित्ता सेयरको प्रति कित्ता रु.१००/- का दरले हुन आउने जम्मा त्रिसट्ठी करोड उनान्पचास लाख तीस हजार रुपैयाँ जम्म गर्न आग्रह गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (२) को प्रयोजनार्थ सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ। जस अनुसार विद्युत उत्पादन कम्पनी लिमिटेडले ४ लाख ९१ हजार ८ सय कित्ताको लागि ४ करोड ९१ लाख ८० हजार रुपियाँ बुझाउनु पर्ने छ भने एचआईडिसीएलले २३ लाख ४३ हजार कित्ताको लागि २३ करोड ४३ लाख रकम बुझाउनु पर्ने छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणले २१ लाख ८ हजार ७ सय कित्ताको लागि २१ करोड ८ लाख ७० हजार बुझाउनु पर्ने छ भने कर्णाली प्रदेश सरकारले ११ लाख ७१ हजार ५ सय कित्ताको लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्ने छ । त्यस्तै स्थानीय तह तर्फ जगदुल्ला र मुड्केचुला गाउँपालिकाले २ लाख ३४ हजार ३ सय कित्ताको लागि २ करोड ३४ लाख ३० हजार रकम बुझाउनु पर्ने छ । तल्लो डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाट क्षमताको आयोजना हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भईसकेको छ । आयोजना निर्माणका लागि रु २० अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आवदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको तयारी छ । कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।

नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस २१ गते बुधबार ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनी र हकप्रद निष्काशनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेको १ कम्पनी गरी कुल ५ कम्पनीको मूल्य समायोजन भएको हो । साधारणसभा प्रयोजनको लागि आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको बोनसमा मूल्य समायोजन भएको हो । त्यस्तै हकप्रद निष्काशनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी हाइड्रोको आज मूल्य समायोजन भएको हो । पुस २० गते सम्म कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै पूस २० गते सम्म कायम शेयरधनीले छ्याङदी हाइड्रोको हकप्रद पाउन सक्ने छन् ।जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३८३.०२ कायम भएको छ । कालिका लघुवित्तको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११६३.७२ कायम भएको छ । मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४१६.८१ कायम भएको छ । पोखरा फाइनान्सको ८.०८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४०.४३ कायम भएको छ । छ्याङदी हाइड्रोको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९६.१५ कायम भएको छ । जनउत्थान सामुदायिक लघुवित्तले आर्थिक बर्ष २०७७-०७८ बाट सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.३१५७ प्रतिशत नगद लाभांश रहेको छ। हाल लघुवित्तको चुक्तापुंजी ११ करोड ८३ लाख २४ हजार ८०० रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी १४ करोड ७७ लाख पुग्नेछ। कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।कालिका लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन् आउने ३ करोड ५९ लाख ९४ हजार ५ सय १६ रुपैयाँ ३५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी २७ करोड ६८ लाख ८० हजार ८ सय ९५ रुपैयाँ रहेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।पोखरा फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.४२५ प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।मल्टीपर्पस फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.५२६ प्रतिशत हुन आउने नगद लाभांश गरि कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।

नेप्सेमा २ कम्पनीको ३० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ कम्पनीको गरि कुल ३० लाख कित्ता बढी  बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा कालिका लघुवित्त र सानिमा माई हाइड्रोको बोनस शेयर सुचिकृत भएको हो । आज कालिका लघुवित्तको १० प्रतिशतले हुन आउने २ लाख ४५ हजार ५ सय ८ दशमलव ९५ कित्ता बोनस सेयर र सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने २८ लाख ८ हजार ४ सय १० कित्ता बोनस शेयर सुचिकृत भएको हो । बोनस शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

सयपत्री हाइड्रोको साधारणसभा आह्वान , आईपिओ निष्काशन पनि एजेण्डामा

सयपत्री हाइड्रोपावर लिमीटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार चाबहिल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने बारेको विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख कित्ता आइपिओ निश्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपिओ जारी गर्न लागेको हो। एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशनको लागि अनुमति माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ  । कम्पनीले  २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ । स्थानीय र सर्वसाधारण गरी कम्पनीले कुल ९ करोडको ९ लाख कित्ता आईपिओ निष्काशन  गर्ने छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष ७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने , ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।

२२.२ मेगावाटको शिवश्री हाइड्रोको ८५ प्रतिशत काम पुरा, ३५ करोडको सेयर आउने

१८ मंसिर, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र …