दक्षिण एसियाका चार देशमा कोरोना संक्रमण उच्च, नेपालमा पनि दिनानुदिन बढ्दै

दक्षिण एसियाका ४ देशहरूमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलन थालेको छ । भारत, बंगलादेश र पाकिस्तान सँगै नेपालमा पनि दोस्रो लहरको संकेत देखिएको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ६सय ८५ जनाको कोरोनाले मृत्यु भएको छ । 


संक्रमण बढ्न थालेपछि बंगलादेशमा पनि सोमबारदेखि लकडाउन गरिएको छ । दक्षिण एसियाली देशमध्ये श्रीलंकामा भने संक्रमण घटिरहेको छ ।माल्दिभ्समा दुई महिनायता संक्रमणदर उस्तै छ ।


प्रधानमन्त्री केपी शर्मा ओली सावधानी नअपनाए पुनः लकडाउन गर्नुपर्ने हुनसक्ने बताएका छन्। संक्रमणदर बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका हुन्। त्यस्तै उनले कोरोनाको मुख्यस्थान घाँटी भएकाले अम्बाको पातले ‘गार्गल’ गरे कोरोना सकिने बताए। खोपले मात्रै कोरोनाबाट नबचाउने भन्दै उनले सावधानी अपनाउन आग्रह गरे।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।