प्रधानमन्त्री केपी शर्मा ओली सावधानी नअपनाए पुनः लकडाउन गर्नुपर्ने हुनसक्ने बताएका छन्। संक्रमणदर बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका हुन्। त्यस्तै उनले कोरोनाको मुख्यस्थान घाँटी भएकाले अम्बाको पातले ‘गार्गल’ गरे कोरोना सकिने बताए। खोपले मात्रै कोरोनाबाट नबचाउने भन्दै उनले सावधानी अपनाउन आग्रह गरे।
यसअघि स्वास्थ्यमन्त्रीले अब कहिल्यै लकडाउन नगर्ने बताएका थिए।