माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएका छन्। माओवादी केन्द्रले सांसदहरूले दल परित्याग गरेको पत्र संसद सचिवालयलाई बुझाएसँगै उनीहरू पदमुक्त भएको सभामुख अग्नी सापकोटाले बताए। उनीहरू चारैजना मन्त्री छन्। पुनःनियुक्ति नपाएमा उनीहरू मन्त्रीसमेत रहने छैनन्। याेसँगै रिक्ट सांसद सिटहरूमा उपनिर्वाचनमार्फत सांसदहरू ल्याउनुपर्नेछ।