उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवबीच अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कर्मचारी प्रशासन झिङ्गे टसाई सोचबाट ग्रसित भएको टिप्पणी गरेका हुन्। निजामती कर्मचारीले परिणमलाई भन्दा प्रक्रियामा ध्यान दिने गरेको समेत उनले बताए।