सरकारले सामान्य विरोध प्रदर्शनमा पनि अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ। एम्नेस्टी इन्टरनेसनल सार्वजनिक गरेको प्रतिवेदनमा सरकारी पक्षबाट गम्भीर मानवअधिकार हनन हुने गरेको तथ्य सार्वजनिक भएकाे हाे। त्यस्तै, अभिव्यक्ति स्वतन्त्रता हनन, सामाजिक अपराधका घटनामा उल्लेख्य वृद्धि तथा लकडाउनमा श्रमिककाे संरक्षण गर्न सरकार असफल भएको बताइएको छ।