दीपाश्री र सरोज खनालको फेसबुक ह्याक गरेर रकम मागेको आरोपमा १४ वर्षीय बालक समातिए

कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक गरेर पैसा मागेको अभियोगमा १४ वर्षीय बालक समातिएका छन्।

नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो। कलाकार दिपाश्री निरौला र सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको भन्दै केही समयअघि ब्युरोमा निवेदन दिएका थिए।


"गत हप्ताको बिहीबार March 25 मा मेरो Facebook Account Hack गरेर Hackerले मेरो Messengerबाट घेरै जना संग Chat गर्दै पैसा मागेको रहेछ। Cyber Bureau को मद्दतले आज १२ दिन पछि यो Facebook Account फेरी Retrieve हुन सफल भएको छ। Hacker द्वारा पठाईएका गलत Messageहरूले यदि कसैलाई केहि अफ्ठ्यारो पर्न गएको भएमा म यहि post मार्फ़त माफ़ी माग्न चाहन्छु।"| - दीपाश्री निरौलाले आफ्नो फेसबुक प्रोफाइलमा लेखेकी छन्


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।