नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चारजना सांसदलाई कारबाही गरेको छ। केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरीमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेका हुन्। उनीहरू एमाले प्रवेश गरेका थिए। योसँगै उनीहरूको सांसद पदसमेत खारेज हुने बताइएको छ।