स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना बढ्दै गएको भएपनि लकडाउन गर्ने योजना नरहेको बताएका छन्। ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै उनले कहिल्यै लकडाउन नगर्ने दाबी गरेका हुन्। सरकार त्यस्तो परिस्थिति निर्माण गर्न लागीपरेको समेत उनको दाबी थियो। त्यस्तै उनले नेपालमा तीन किसिमका खोप लगाउने अनुमति दिइएको समेत बताए।