आधा अर्ब फेसबुक प्रयोगकर्ताको फोन नम्बर ह्याकरको वेबसाइटमा

आधा अर्ब फेसबुक प्रयोगकर्ताको फोन नम्बरसहितको व्यक्तिगत सुचना ह्याकरले प्रयोग गर्ने वेबसाइटमा पोस्ट भएको पाइएको छ। पोस्ट भएका व्यक्तिगत सूचनाहरुमा पुरा नाम, लोकेसन, जन्ममिति, इमेल ठेगाना, रिलेसनसिप स्ट्याटसहरु परेको बताइएको छ।

साइबर सेक्युरेटी एक्स्पर्टहरुले ३ करोड २० लाख अमेरकी प्रयोगकर्ता एक करोड १० लाख बेलायती प्रयोगकर्ता र ६० लाख भारतीय प्रयोगकर्ताहरु परेको जानकारी ह्याकरसँग रहेको बताएका छन्।


फेसबुकले भने सन् २०१९ बाट प्रयोगकर्ताको फोन नम्बर हेर्न नमिल्ने गरी प्राविधिक सुधार गरिसकिएको दाबी गरेको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।