नेपालमा पुनः काेराेना संक्रमण बढ्न थालेकाे छ। नयाँ भेरियन्टकाे काेराेना आएकाे खुलासाका बीच काेराेना बढेकाे हाे। नयाँ भेरियन्टकाे काेराेना तुलनात्मक रूपमा खतरनाक रहेकाे बताइएकाे छ। यसैबीच स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ र असारसम्ममा काेराेना उच्च बिन्दुमा पुग्नसक्ने अनुमान अघि सारेका छन्।