मूल्यवृद्धि विरुद्ध सरकार पक्षकै विद्यार्थी आन्दोलनमा

पट्रोलियम पदार्थमा पटक–पटक भएको मूल्यवृद्धिविरुद्ध सरकार पक्षकै विद्यार्थी संगठनले आन्दोलन गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मूल्यवृद्धि गरेको भन्दै आयल निगम घेराउ गरेका हुन्। निगमले पछिल्लोपटक आइतबार राती पुनः इन्धनको मूल्य बढाएको थियो। याेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२० र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ।

सम्बन्धित सामग्री

अख्तियारले स्ट्रिङ अपरेसन गरी कर्मचारी पक्राउ गर्न नपाउने अदालतकाे निर्णय

सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’का आधारमा अब सरकारी कर्मचारी पक्राउ गर्न नपाउने निर्णय गरेकाे छ। याेसँगै अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने भएका छन्।

छोटकरी विशेष

एमालेभित्र वारपारकाे लडाइँ, नेपाल समूहका ३२ जनालाई कारबाही गरिँदै

एमालेले नेपाल समूहका ३२ जना नेताहरूलाई स्पष्टीकरण साेधेकाे छ। संघीय संसदका २७ जना सदस्य र प्रदेश सभाका ५ जनासहित ३२ जनालाई स्पष्टीकरण सोधिएकाे हाे। उनीहरूलाई पार्टीविधान उल्लंघन गरेकाे आराेप लागेकाे छ। उता नेपाल समूहका नेताहरूले भने आफूहरू एमालेमै रहेकाे बताउँदै पार्टीभित्रै रहेर संघर्ष गर्ने बताएका छन्।

छोटकरी विशेष

चारदिनभित्र सबै मुद्दा टुंग्याउने जसपालाई प्रधानमन्त्रीकाे आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेका मुद्दा टुंग्याउने आश्वासन दिएका छन्। जसपाका चारजना नेताहरूसँग भेटेका प्रधानमन्त्री यस्ताे आश्वासन दिएका हुन्। यसअघि रेशम चाैधरी लगायतका थारू आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता गर्न फाइल गृहमन्त्रालय पुगेकाे थियाे।

छोटकरी विशेष

देशैभर बढ्दै काेराेनाका गम्भीर बिरामी, वाग्मतीमा सबैभन्दा बढी

नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाका १६० जना बिरामी आईसीयूमा भर्ना भएका छन्। त्यस्तै काेराेनाकाे सिकिस्त लक्षण देखिएका अन्य ४५ जनालाई भेन्टिलेटरमा राखिएकाे छ। यीमध्ये सबैभन्दा धेरै सिकिस्त बिरामी वाग्मती प्रदेशमा भेटिएका छन्। त्यस्तै देशैभरि काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढ्दाे क्रममा देखिएकाे छ। सरकारले भने १३ बुँदे सूचना जारी गरेकाे छ।

छोटकरी विशेष

शेयर बजारबाट १० कित्ते प्रावधान हट्ने, न्यूनत्तम् ५० कित्ता बनाइँदै

नेपाल धितोपत्र बोर्डले आईपीओमा १० कित्ते नीति हटाउने भएको छ। बोर्डले प्राथमिक बजारमा १० कित्ते प्रावधान हटाउँदै न्यूनत्तम ५० कित्ता पुर्‍याउने तयारी गरेको हो। केही समयअघि बाेर्डले यो प्रावधान हटाउने तयारी गरेपनि साना लगानीकर्ताहरूको विरोधका कारण निर्णय हुन सकेको थिएन। १० कित्ते नीतिले विकृति ल्याएको भन्दै प्रावधान हटाउन लागिएको हाे।

छोटकरी विशेष