लमजुङ । बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन भएको छ ।
काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका प्रमुख राजमार्ग तथा भित्री सडक खण्ड अवरुद्ध भएका छन्। तथ्याङ्क अनुसार ललितपुरको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नं. ३ को भट्टेडाँडा, पाङदुर र टाकुर्चमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै खोटाङको हलेसीतुवाचुङ नपा-१ कदुवा (मध्य पहाडी सडक), […]
काठमाडौँ । काठमाडौँको टोल–टोलमा धिमेको ताल घन्किदा र लाखे–पुलुकिसीका नाचले गल्ली भरिदा आजभोलि जात्रा तथा पर्वहरूमा युवाहरूको संख्या बढ्दै गएको स्पष्ट देखिन्छ। युवा पुस्ता अब रथ तान्न, बाजा बजाउन, नाचमा सहभागी हुन, स्वयंसेवकका रूपमा खटिन र सामाजिक सञ्जाल मार्फत जात्राको कथा नया“ पुस्तासम्म पु¥याउन अघि सर्दैछ। पुस्तौँ पुरानो यें याः पुन्हि (इन्द्रजात्रा)को यही बदलि“दो दृश्यले […]