उखरमाउलो गर्मी : चौतारीमा छैन ‘माटाको घैँटोमा चिसो पानी’

लमजुङ – विगतमा उकाली–ओराली, मेलापात, घाँसदाउरा गर्नुपर्ने बाध्यता । वैशाखको उखरमाउलो गर्मीमा भारी बोकेर उकाली ओराली गर्नुपर्दा झनै सकस हुने । तर त्यतिबेला ठाउँठाउँमा चाैतारी हुन्थे, जसमा बसेर थाकेका यात्रु आराम गर्थे । अहिले सडक सञ्जालकाे विस्तार भयाे । गाउँघरसम्म गाडी पुगे । विस्तारै पुराना बाटाहरुमा झार उम्रिन थाले । चाैतारी भत्किए । चाैतारीमा प्यास मेटाउन राखेका घैँटाहरु हराए । गाउँबेसी गर्दा ठाउँ/ठाउँमा बनाइएका वरपीपल चौतारीमा भारी बिसाइ, सुस्केरा हाल्दै थकान मेटाएको आज पनि झ...