आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र अल्का अस्पतालबीच नगद रहित उपचार सेवा (cashless hospitalization) सम्बन्धी समझदारी भएको छ। सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पतालका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै आइजीआई प्रुडेन्सियलको स्वास्थ्य बीमा सेवा खरिद गरेका बीमितले अस्पतालमा भर्ना भएर उपचार गराउँदा आफ्नो बीमालेखको सीमाभित्र नगद […]
फिच रेटिङ्सले नेपाललाई दीर्घकालीन विदेशी मुद्रा इशुअर डिफल्ट रेटिङ (IDR) ‘बीबी–’ प्रदान गरेको छ । नोभेम्बर १८, २०२५ मा सार्वजनिक गरिएको यस रेटिङमा नेपालको दृष्टिकोण ‘स्थिर’ राखिएको छ । यो रेटिङले नेपाललाई अमेरिकी एजेन्सीबाट औपचारिक रूपमा प्राप्त मध्यम स्तरको क्रेडिट विश्वसनीयता सूचकांकको रूपमा चिनाउँछ । फिच, विश्वका तीन प्रमुख क्रेडिट रेटिङ संस्थामध्ये एक हो, जसले […]
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजल ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो […]
काठमाडौं– नेकपा एमालेका महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रहरूलाई विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका छन् । मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको विघटित संसद्को नेकपा एमाले संसदीय दलको बैठकमा महासचिव पोखरेलले जेन-जी आन्दोलनका क्रममा राष्ट्रविरुद्ध ठूलो षडयन्त्र भएको भन्दै त्यसमा संलग्न पात्रहरूलाई राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्नेमा विजेताका रूपमा चित्रण गर्न खोजिएको बताएका […]
कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित मगर सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आउन सकेको छैन । भीमदत्त नगरपालिकाको आर्थिक सहयोगमा २०७६ सालदेखि निर्माण सुरु भएको होमस्टे बजेट अभावले अधुरै छ । होमस्टेका अध्यक्ष रिनादेवी थापाले पर्यटकलाई लक्षित गरेर पालिकाको सहयोगमा होमस्टे निर्माण सुरु गरे पनि बजेट अभावका कारण पाँच वर्षदेखि निर्माण अधुरै रहेको जानकारी दिइन्। ‘त्यतिबेला नगरपालिकाले […]