स्मार्ट लाइसेन्सको साटो क्यूआर कोडसहित कार्ड, केकस्ता छन् प्रवाधान ?

सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ । अब एक वर्षका लागि क्विक रेस्पोन्स (क्यूआर) कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिने भएको छ।

चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने तयारी गरेको हो। क्यूआर कोडबाट ट्राफिक प्रहरीले सडकमा लाइसेन्स सक्कली हो वा नक्कली हो भनेर पुष्टि गर्नसक्ने छन्


एक वर्षभित्र परीक्षणकालीन लाइसेन्स ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स नदिने प्रावधान रहेको छ


स्मार्ट लाइसेन्सलाई लिएर यसअघि विभिन्न समाचरहरू प्रकाशित भएका छन्, जहाँ भनिएअनुरुप काम नभएको तर्कहरू गरिएको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।